उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र मधेश प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागि रहेको विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने र देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति देशको पहाडी भू-भागलगायत लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ
साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया