बिहीबार, चैत १५, २०८०

७५३ मध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती

नेपालखोज २०७८ माघ ५ गते १६:०९

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या ११ हजार नाघेको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनाको अवधिसम्ममा सात वटा प्रदेशका ७७ वटा जिल्लाहरुमा बैंक तथा फाइनान्स कम्पनीको कुुल शाखा संख्या ११ हजार एक सय ८३ पुुगेको हो ।

देशमा २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ बिकास बैंक, १७ फाइनान्स कम्पनी, ६७ लघुुबित्त वित्तीय संस्था र एउटा पुर्वाधार बिकास बैंक समेत गरी कुुल एक सय २९ वटा बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ कारोवार सञ्चालन गर्दे आएका छन् । यि मध्ये वाणिज्य बैंकहरुको मात्र कुल शाखा संख्या भने पछिल्लो अवधिमा चार हजारा आठ सय ४७ वटा पुुगेको छ । यसबाहेक बिकास बैंकको शाखा संख्या एक हजार ५९ वटा पुुगेको छ भने फाइनान्स कम्पनीको कुुल शाखा संख्या दुई सय ४८ वटा पुुगेको छ । राष्ट्र बैकका अनुसार लघुुबित्त वित्तीय संस्थाको कुल शाखा संख्या भने पछिल्लो अवधिमा पाँच हजार २९ वटा पुगेको छ ।

यसैगरी सात वटा प्रदेशका सात सय ५३ स्थानीय तहहरु मध्ये सात सय ५० वटा स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेको जानकारी पनि राष्ट्र बैकले दिएको छ । जसमध्ये प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सबै स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ । वाग्मती, कर्णाली र सुदुर पश्चिम प्रदेशमा भने एक–एक वटा स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया