पोखरेलकाे प्रश्न- एमालेले गर्दा प्रतिगमन अब गठबन्धनले बैशाखमै संघीय चुनाव गर्दा के ?

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्न गठबन्धन तयार भएको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत एमालेले गर्दा प्रतिगमन हुने र गठबन्धनले गर्दा के हुने ? भन्दै प्रश्न समेत गरे ।
सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए । प्रचण्डलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको पनि साथ रहेको छ । एमालेले निरन्तर संसद अवरोध गरेकाले निर्वाचनमा जानु विकल्पको रुपमा गठबन्धनले लिएको छ । स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने बाध्यता सरकारलाई छ । बैशाखपछि स्थानीय तहका जनप्रतिनिधि जिम्मेवार विहिन हुन्छन् ।
संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचनको प्रस्ताव गठबन्धन बैठकमा लगिएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले साथ दिन्छन् दिँदैनन् त्यो भने हेर्न बाँकी छ । सो प्रस्तावप्रति एमाले पोखरेलले भने ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ।’


प्रतिक्रिया