मंगलबार, वैशाख १६, २०८२

नबिल बैंक सञ्चालक समिति अध्यक्ष पौडेलको शपथ ग्रहण

नेपालखोज २०७८ माघ ६ गते १२:५६

काठमाडौं । नबिल बैंक लिमिटेडको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संचालक समितिको पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत बैंक संचालक समितिको अध्यक्षमा पुनः पौडेल छानिए ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा गरेको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराए । नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई यही पुस ३० गते सम्पन्न बैंकको ३७ औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिका रुपमा निर्विरोध निर्वाचित गरेको हो ।

सन् १९८४ देखि ग्राहकलाई बैंकले समयानुकुल सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले १३५ शाखा, १८९ एटिएम, १५०० बढि नबिल रेमिट एजेन्टमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया