शुक्रबार, वैशाख १४, २०८१

सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय चुनौती !

नेपालखोज २०७८ माघ ७ गते १९:१४

काठमाडौं । वर्ल्ड इकोन‍ोमिक फोरमले २०२२ मा संसारले झेल्नुपर्ने सबैभन्दा ठूला चुनौतीहरूको विवरण सार्वजनिक गरेको छ । फोरमले प्रत्येक वर्ष आफ्नो रिपोर्ट ‘ग्लोबल रिस्क्स रिपोर्ट’ जारी गर्दै आएको छ । हेरौं फोरमले इंगित गरेका संसारका ठूला खतरा के-कस्ता छन् ?

यो रिपोर्टमा संसारका लागि सबैभन्दा ठूलो खतरामा पर्यावरणीय संकट, बढ्दो सामाजिक असमानता , साइबर असुरक्षा, कोभिड महामारीको दुस्प्रभाव तथा युवा निरासा आदि छन् ।

पर्यावरणीय संकट
रिपोर्टअनुसार हाम्रो वर्तमान संसारका सामु खडा दश ठूला खतरा वा चुनौतीमा ६ वटा त जलवायु परिवर्तनसँग जोडिएका छन् । उत्सर्जनलाई कम गर्ने प्रविधि प्रयोग गर्न नसकेको खण्डमा हाम्रो संसारले धेरै ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ ।

बढ्दो असमानता
रिपोर्टअनुसार संसारको समरसता खतरामा छ किनभने संसारमा विभिन्न तहको असमानता बढिरहेको छ । आयमा असमानता , भ्याक्सिनको पहुँचमा असमानता देखि लिएर शिक्षा, आधारभुत सुविधा आदिको कुरामा यति धेरै असमानता छ कि संसारको विकसित भागको तुलनामा अर्को भाग निकै पछाडि परिसकेको छ ।

विस्थापन
मानिसहरुले अनिच्छापुर्वक आफ्नो थाकथलो छोडेर हिड्न बाध्य हुनुलाई पनि संसारका लागि खतरा मानिएको छ । यो कुरा पर्यावरण, राजनीति तथा प्राकृतिक प्रकोप आदिसँग जोडिएको छ । आर्थिक कारणले पनि ठूलो संख्यामा मानिसहरु नचाहँदा नचाहँदै आफ्नो थाकथलो छाड्न बाध्य छन् ।

बढ्दो ऋण भार
कोरोना भाइरसको महामारीले सारा संसारको उद्योग-व्यापारलाई दुस्प्रभावित तुल्याएको छ । यही कारणले संसारमा महङ्गी र ऋण भार बढिरहेको छ जुन एउटा ठूलै खतराका रूपमा देखा परेको छ । यो समस्या बढ्दै गएको छ र यसबाट पार पाउन झनझन कठिन हुँदै गएको छ ।

निराश युवा
वर्ल्ड इकोनोमिक फोरमका अनुसार संसारको सबैभन्दा ठूला खतरामा मतिभ्रम भएका वा बाटो बिराएका युवाहरु पनि हुन् । त्यसका अतिरिक्त बेरोजगार र निराश युवाहरू पनि संसारका लागि समस्या बन्दै गएका छन् ।

यी कुराहरु बाहेक देशहरु बीच खराब हुँदै गएको आपसी सम्बन्ध, प्रविधिमा आधारित प्रशासनको विफलता, विभिन्न देशको बढ्दो ऋण तथा डिजिटल असमानता २लागि सबैभन्दा ठूला खतरा तथा चुनौतीका रुपमा देखा परिरहेका छन् ।

प्रतिक्रिया