शनिबार, जेठ ४, २०८२

कृषि विकास बैंक ५५औं वर्षमा, किसानको प्रगतिका लागि काम गर्न निर्देशन

नेपालखोज २०७८ माघ ७ गते १९:४२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले कृषि विकास बैंक लिको ५५औं वार्षिक उत्सव समारोहको भव्यताका साथ भचुर्यल माध्यमबाट समुद्घाटन गरेका छन् । समारोहका प्रमुख अतिथि अर्थमन्त्रीले बैंकको ५५औं वार्षिक उत्सवको अवसरमा प्रकाशित भएको बैंक समाचार स्मारिका पुस्तकको विमोचनसमेत गरेका छन् ।

वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दे अर्थमन्त्री शर्माले कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभइ कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडी सारेका लोक-कल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ व्यावसाय संचालन गर्न निर्देशन दिएका छन् ।

कृषि विकास बैंकले स्थापनाकालदेखि हाल ५५औं वर्षसम्ममा सफलतापूर्वक ल्याई पु¥याउने सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक बधाई तथा धन्यवाद दिँदै आगामी दिनमा थप सफलताको लागि शुभकामनासमेत व्यक्त गरेका छन् ।

वार्षिक उत्सव कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंक पछिल्लो समय ‘क’ वर्गको वाणिज्य बैंककोरुपमा संचालन भएता पनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफनो बैकिङ व्यवसाय संचालन गरेको देखिन्छ भने गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंककोरुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरि सकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा बाणिज्य बैकिङ लगायत कषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन दिंदै सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भर्चुयल तथा प्रत्यक्ष उपस्थित सम्पूर्ण आदरणीय अतिथिहरुलाई हार्दिक स्वागत अभिवादन गर्दै बैंकका गतिविधिहरु क्रमशः करिब १५ लाख निक्षेप ग्राहीको एक खर्व ५८ अर्ब निक्षेप संकलन, एक लाख ५६ हजार कर्जा ग्राहीलाई करिब एक खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेकोमा करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिद बिक्री, विदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोबार, ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोबार, सेयर धितोमा कर्जा तथा एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आईपिएस, अनलाइन बैंकिङ खाता खोल्ने, आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाईव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ मार्फत युटिलिटी पेमेन्ट र करिव तीन लाखको हाराहारीमा रहेका सेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको जानकारी दिएका छन् ।

उनले बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकायहरु, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रमलाई बैंकमा रहेका कर्मचारी यूनिका अध्यक्ष तथा संयोजक क्रमशः सुजित विक्रम शाह र हेमेन्द्र अर्यालले समेत सम्बोधन गरेका थिए ।

कार्यक्रममा बैंकका उत्कृष्ट ग्राहकको नामावली, कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत हुने कर्मचारीहरुको नामावली समेत घोषणा सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु डा.राजेन्द्रप्रसाद मिश्र, रमेश दुवाडी, डा. इन्दीरा श्रेष्ठ मास्के, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई बैंकका उप–महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा कम्पनी सचिव तथा प्रबक्ता हिमलाल पौडेल लगायत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन बरंमका अधिकारीले गरेका थिए ।

प्रतिक्रिया