शनिबार, जेठ ४, २०८२

नेपाल बंगलादेश बैंकको दोस्रो त्रैमासिक नाफा ८१ करोड ११ लाख

नेपालखोज २०७८ माघ ८ गते ८:००

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८१ करोड ११ लाख ५१ हजार दुई सय एक रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ९४ करोड १२ लाख ५५ हजार नौ सय ९१ रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी १० अर्ब आठ करोड ९३ लाख ९९ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ८० अर्ब ७१ करोड नौ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ९० करोड ८१ लाख ९६ हजार दुई सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २७ करोड ३८ लाख नौ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय छ । सो अवधिमा वितरणयोग्य नाफा ४९ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको बैंकमा दुई दशमलव ५१ प्रतिशत स्प्रेड दर छ ।

गत आवको सोही अवधिमा भने बैंंकले ८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ६८ करोड ६१ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २४ करोड ६६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३७ प्रतिसत कर्जा निष्क्रिय थियो भने स्प्रेड दर चार दशमलव १९ प्रतिशत थियो ।

प्रतिक्रिया