३ वटा प्रदेशमा चट्याङसहित वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका भू(भागमा सामान्य बदली रहेकोछ भने सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
त्यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, वाग्मती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना छ।रहेकाे महाशाखाले जवनाएकाे छ ।
त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघर गर्जन चट्याङसहित हल्कादेखी मध्यम वर्षाको संभावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया