एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि

नेपालखोज २०७८ माघ ९ गते ११:३६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओलीमा हिजो (शनिबार) एन्टिजेन परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा उनमा पोजेटिभ रिपोर्ट आएको थियो । फेरि पीसीआर परीक्षण गरिएको जनाइएको छ । ओली बोलकोटस्थित निवासमा आइसोलेसनमा बसेका छन् ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कोरोना पुष्टि भएको खबर प्राप्त भएको र केही समयपछि पार्टीले विस्तृत जानकारी गराउने सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया