मंगलबार, वैशाख २५, २०८१

मुख्यमन्त्री र प्रजिअलाई गृहमन्त्रीको फोन, के कुरा भयो ?

नेपालखोज २०७८ माघ ९ गते १४:३९

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । आज उनले सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ संक्रणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिए ।

दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग खाँणको सम्पर्क भएको हो । गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई फोन गरे । त्यस्तै सीमानाका जोडिएका र नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग त्यहाँको अवस्थाबारे टेलिफोनमार्फत जानकारी उनले लिए ।

उनले कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसँग शीतलहर तथा कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भइरहेका प्रयासबारे जानकारी लिएको सचिवालयले जनाएको छ । सीमानाकाबाट आउने नेपालीलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएकाहरु घरमै आइसोलेसनमा बस्न चाहे घरसम्म पुगाउने व्यवस्था मिलाउन उनले अनुरोध गरेको सचिवालयले जनाएको छ ।

पोजेटिभ रिपोर्ट आएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन समेत गृहमन्त्रीले दिए ।

प्रतिक्रिया