सनराइज बैंकले गर्याे दुई शाखारहित बैंकिङ सेवाकाे विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ ।
सोही क्रममा बैकले शक्रबार प्रदेश ३, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा ८४ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
साथै शनिबार बैंकले प्रदेश १, ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १ कुन्तादेविमा ८५ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाहरु संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ ।
बैंकले सेवा सञ्चालनका लागि फुलासीका बसन्त कुमार लामा र कुन्तादेविका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिकारुपमा नियुक्त गरेको छ ।
सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८५ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दे आइरहेको छ ।
प्रतिक्रिया