ट्राफिक नियम उल्लंघन भए मोबाइलबाटै तिर्नुस् जरिवाना

काठमाडौं । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको सातवटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम बनाइएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभुपेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भइसकेको र आजदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी गौशाला, महानगरीय ट्राफिक प्रहरी कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमा महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभुपेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी ‘प्रभुपेको किअस्क मेसिन’ उद्घाटन गरे । उद्घाटन पश्चात सातवटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।
कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरेर आफ्नो कागजपत्रहरु फिर्ता लिन सजिलो होस भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका सातवटा कार्यालयहरुमा विस्तार गरिएको बताए । ‘कि अस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने जोशीले बताए ।
प्रतिक्रिया