‘यो रुघालाई नाक ठ्याक्कै यहाँ छ भनेर कसरी थाहा हुन्छ ?’

यो रुघालाई नाक ठ्याक्कै यहाँ नेर छ भनेर कसरी था हुन्छ ?
केदारप्रसाद घिमिरे
त्यहीँनिर कन्याउनलाई हात कसरी ठ्याक्कै पुग्छ ?
किशोर ब्लोन
गम्भीर प्रश्न छ है माग्ने काका यो कुरामा नासाका वैज्ञानिकहरुलाई अनुसन्धान गर्न लाई हाल्नु परो लौ ।
टीजे ठकुरी
तपाईं बढ्ता बोल्दै हुनुहुन्छ दाजु ।
छत्र खड्का
यस्ता जैविक अनुत्तरित प्रश्नहरु गर्न थाल्नुभयो भने प्रश्नहरुको सँगालो नै बन्छ माग्ने दाइ…
उदाहरणका लागि आफ्नै शरीरमा हुने अन्य प्राकृतिक प्रक्रियाहरु कसरी अनि किन हुन्छन् भन्ने उत्तर खोज्न थाल्नुस्, अनि आफैं अनुत्तरमा उत्तर भेट्नुहुन्छ…।
रोमन ओझा
आज आएर यो मान्छे ठीक लाग्न थाल्यो है मलाई ।
लामा समुद्र
कुकुरलाई नाक सुघाउँनुस् पत्ता लगाइदिन्छ ।
जीटीएम
दुलो त नाक मै भेट्यो नि हावा ले अनि किन थाहा नहुनु ।
स्मृति टंक बोहोरा
नाक शरीरभरिको अंग सबैभन्दा चुच्चो अग्लो भएर होला ।
कृष्ण वीर
तपाईंलाई खसीको कान ठ्याक्कै यहाँ हुन्छ भनेर थाहा भए जस्तै होला ।
लियो दि बाबु
हजुरले दर्शक चिन्नु र रुघाले नाक चिन्नु नौलो कुरा हुँदैन ।
शाहिद हुसेन
तिनीहरुलाई आफैं सिकेर आएका हुन्छ्न् हामीले सिकाउनु देखाउनु पर्दैन ।
राम परियार
रुघापछि आएको नाक जन्मँदै आएको अनि यसै थाहा हुने भो नि माग्ने बुढाज्यू !
विनोद न्योपाने
थाहा हुन्न भो अस्ति मलाई घुँडामा खोकी लाको थियो।
रितेश ज्ञवाली
बाबुराम भट्टराईलाई सोधौं होला उहाँ त विश्व कै एक लम्बरको धेरै पढेको वैज्ञानिक, इन्जिनियर ,डाक्टर के-के हो के-के अनि उहाँले नजान्ने त कुरै हुँदैन ।
काशी पौडेल
कति हाँस्नु हो रुघालाई फोन गरी सोध्नुपर्यो लौन।
अन्जना ढकाल
कहिलेकाहीँ त ! रुघालाई मात्र हैन झिँगालाई नि था हुने रैछ भुनुनु गरेर स्वाट्टै छिर्छ ।
संसार पहाडी
खाने बेला जसरी तपाईंको हातलाई मुख कहाँनेर छ भनेर था हुन्छ !
त्यसरी नै रुघालाई नि थाह हुन्छ !
कुरो बुझ्नुस् ।
शंकर भण्डारी
उसको कर्म थलो हो थाहा भइहाल्छ नि ।
नवराज सापकोटा
रुघा र नाक मीत मीत रे नि दाजै।
भुवन कार्की
चस्माले गर्दा ।
अजितकुमार थापा
रुघाको पुर्खा बक्सिङ खेलाड़ी हुन रे त अनि !!!
फस्ट अटैक नै नाक मा रे !!
गंगाराम बस्नेत
माग्नेलाई मैया कहाँ छ थाहा भए जस्तै रुघाको नाकको लभ परेको हुन्छ अनि थाहा हुन्छ ।
रमेश गौतम
आँखा चिम्लेर पनि भात त ठ्याक्कै मुखमा हाले जस्तै हो यो पनि ।
अर्जुन फुङजाली मगर
रुघाले गुगुल नक्सा चलाउन जानेको त धेरै भयो अहिले असिस्टेन्ट राखेको छ १९ नम्बर को कोभिड ।
तुलेन्द्रबहादुर रोकाया
त्यो नाकलाई पनि रुघा भनेको यही हो भनेर कसरी थाह भयो फेरि ।
राम माझी
अनुसन्धान जारी छ।
आचार्य प्रशान्त
यो रुगाले अग्लो ठाउँ मन पराउँदो रहेछ ।
कल्पना दाहाल
घुँडामा लाग्न नमिल्ने रोग र’छ रुघा ।
कृष्ण ढुंगाना
हावा कुरा गरेरै जिन्दगी बितायौं है बूढा ।
संगम ढकाल
रुघालाई नाक थाहा भाको हैन सर, नाकले श्वास तान्दा रुघा तानेको हो ।
शिव शर्मा
यसमा केही न केही षड्यन्त्र अवश्य छ ।
रमेश बीजी
फोहोरलाई नाली
भेनालाई साली
यस्तो कुरा नगर अंकल खान्छौ
पिटाइ फुट्ने गरी कानको जाली ।
चन्दना नेपाल
रुघाले हैन,नाकले रुघा पत्ता लाउँछ क्या बाजे, सुँघेर ।
आभास एक अनुभूति
रुघालाई फोन गरेर सोध्नुपर्छ हजुर ।
रोशन मगर
छामेर पत्ता लाउँछ होला मेरो विचारमा ।
उद्धव भट्टराई
यो ठूलो अनुसन्धानको विषय हो ।
दीपेन्द्र खनियाँ
नाकलाई फेरि सिरानीको खोलै चाइने रछ ।
देवराज जोशी
त्यै त झन् त्यो पाइल्स सम्झनु त ?
हरि ढकाल
नाक झिकेर पछाडि टाँगेर हिँड्नुस् रुघा जिन्दगी लाग्दैन ।
अच्युत सापकोटा
खै कसले सुराकी लगाउँछ…?
विवेक धिताल
यो प्रश्न स्वास्थ्य मन्त्रालयका भूपू प्रवक्ता जागेश्वर गौतमसँग सोध्नु न माग्ने बुढा । धेरै नाक कोट्याउने बूढा त उही हो ।
सागर लेप्चाङ
रुघालाई नाक थाहा भएर लाग्ने होइन दाजु, नाकसँग सम्बधित भएको हुनाले प्रतिक्रिया नाकमा देखिएको हो ।
देवा तामाङ
नाकमा लाग्यो सही भो
नत्र अन्त प्वालमा लागेत सकिग्गोनी हो माग्ने भेना ।
जनकराज तिमिल्सिना
‘माग्ने बूढा’ लाई यस्तो कुरा कसरी आउँछ त्यसैगरी आउँछ नि !
अनीता लामा
प्रतिक्रिया