शुक्रबार, वैशाख ७, २०८१

डब्ल्यूएचओले भन्यो- कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै महामारी अन्त्य हुन्छ

नेपालखोज २०७८ माघ १० गते १२:२४

काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै महामारी अन्त्य हुने विश्व स्वास्थ्य संगठनले बताएको छ । कोभिड–१९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनले गरेको हो ।

मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने डब्ल्यूएचओका महानिर्देशक हान्स क्लुगले बताए । उनले भने, ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दै छ ।’ सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ ।

खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । उनले भने, ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ ।’

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास व्यक्त गरे । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ । भारतमा पनि कोभिड संक्रमण घट्दो रहेको समाचार बाहिरिएका छन् ।

प्रतिक्रिया