चौबीस घण्टामा थप १० हजार ३१९ जनामा संक्रमण
नेपालखोज
२०७८ माघ १० गते १६:२८

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार २०१ जनाको नमुनाको परीक्षण गर्दा १० हजार ३१९जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा चारजनाको कोरोनाका कारण मृत्यु भएको छ । देशभर मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।
चौबीस घण्टामा २ हजार ५४० जना निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया