मंगलबार, वैशाख १६, २०८२

सनराइज बैंकको नाफा ७४ करोड ५५ लाख रुपैयाँ

नेपालखोज २०७८ माघ १० गते १७:५१

काठमाडौ । सनराईज बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ७४ करोड ५५ लाख ४४ हजार रुपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको बैकले चालु आवको दोस्रो त्रैमासमा एक खर्ब २९ अर्ब २४ करोड २९ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २० अर्ब ३९ करोड तीन लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ८३ करोड तीन लाख ६७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ४१ प्रतिसत कर्जा निष्व्रिmय रहेको छ । सो अवधिमा बितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने दुई दसमलव ९० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब छ अर्ब ४३ करोड २३ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ करोड छ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ८१ करोड ५८ लाख २४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । स्प्रेड दर चार दशमलव १० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया