कञ्चनपुर–गड्डाचौकी–चिसापानी राजमार्ग सुधारको काम सुरु

कञ्चनपुर । कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग अन्तर्गत गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म राजमार्ग सुधारको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्रत्येक वर्षको कार्यक्रम अनुसार यस वर्ष गड्डाचौकीदेखि चिसापानीसम्मको क्षेत्रलाई मर्मत तथा स्तरोन्नतीको काम सुरु गरेको हो ।
कार्यालयले हाल ठेक्का प्रक्रिया अगाडि बढाएर स्तरोन्नतीको कार्य सुरु गरेको जनाएको छ । कार्यालयका अनुसार सडक क्षेत्रमा भएका खाल्डाखुल्डी पुर्ने, सडक भाँसिएको ठाउँमा मर्मत गर्ने, साँघुरो स्थानमा सडक चौडा पार्ने र सडक स्तरोउन्नती गर्ने कार्य गरिनेछ ।
यस्तै गरेर गड्डाचौकी क्षेत्रबाट अगाडि बजार क्षेत्रभन्दा अत्तरिया तर्फको राजमार्ग क्षेत्रको चोकको केही भाग गत वर्षको कार्यक्रम अनुसार नै चौडा पारिसकिएको छ । महेन्द्रनगर बजार क्षेत्रको बसपार्क क्षेत्रमा आवतजावत गर्न निकै सहज भएको छ ।डिभिजन कार्यालयले राजमार्ग पुर्नस्थापना तथा स्तरोन्नती कार्यक्रम अन्तर्गत यस वर्ष बार्षिक कार्यक्रम अनुसार १० करोड बजेट पाएको छ । जसमा गड्डाचौकीदेखि चिसापानी क्षेत्रसम्म राजमार्ग स्तरोन्नती गर्ने कार्यक्रम छ ।
अघिल्लो वर्षको कार्यक्रममा भासी, लालपुर, दैजी, झलारी, बाणी र गुलरिया चोकमा सडक चौडा पारिएको थियो । यसवर्ष थप केही चोकमा सडक चौडा पारिने सडक डिभिजन कार्यालयले जनाएको छ ।स्तरोन्नती कार्यक्रमको लागि डिभिजन कार्यालयलाई प्राप्त बजेट निकै कम हो ।
कम बजेट भएका कारण स्तरोन्नती प्रत्येक वर्ष गरिने गरिन्छ, जसका कारण थोरै बजेटले धेरै ठाउँमा पु¥याउनुपर्नेे बाध्यता हुने गर्दछ । यसैगरी स्तरोन्नती कार्यक्रम अन्तर्गत नै पूर्वपश्चिम राजमार्गको दैजीदेखि गड्डाचौकीसम्म चौडा पार्ने पनि गरिएको छ । यस वर्षको स्तरोन्नतीको केही काम भने सुरु भएको अवस्था छ भने केही काम ठेक्का प्रक्रियामा रहेको छ । कार्यालयले यस वर्ष चारओटा ठेक्का लगाएर सडक स्तरोन्नती कार्य गर्नेछ ।

प्रतिक्रिया