आइतबार, जेठ ६, २०८१

एनआइसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट संचालकमा केशवप्रसाद लम्साल नियुक्त

नेपालखोज २०७९ कार्तिक ३ गते ११:०३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव सँगालेका केशवप्रसाद लम्साल एनआइसी एशिया एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको यही कार्तिक दुई गते बसेको ५७१ औं बैंठकले बुधबारदेखि नै लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो ।

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका पिथए ।

बैंकको शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा लम्साललाई उहाँको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारले हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया