थपिए १२ हजार बढी संक्रमित, ३,०४० डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १८ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ हजार ५७६ जना गरि कुल १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ३ हजार ४० जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख २७ हजार २७९ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९ दशमलव २ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६६७ पुगेको छ ।

प्रतिक्रिया