उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
आज सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको एक –दुई स्थानमा हल्का वर्षा भएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरैै र बाँकी प्रदेशका एक – दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू- भागका थोेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू- भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू- भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पनि उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया