शनिबार, जेठ ५, २०८१

३८ अंकले नेप्से घट्दा ४ अर्ब ३१ करोडको कारोबार

नेपालखोज २०७८ माघ १२ गते १५:४५

काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको चौथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन पाँच दशमलव ५९ अंकले घटेको नेप्से आज पनि ३८ दशमलव ४२ अंकले घटेर २७ सय ७६ दशमलव ६५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ६ अंकले घटेर पाँच सय १८ दशमलव ३४ अंकमा झरेको छ ।

दुई सय ३३ कम्पनीको ६१ हजार चारपटकको कारोबारमा ९३ लाख ५८ हजार सात सय कित्ता सेयर खरिद–विक्ती भएकामा कुल सेयर कारोबार रकम चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा सबै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव ७६ अंकले घटेर १८ सय १२ दशमलव ६६ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ८३ दशमलव ६२ अंकले घटेर ४८ सय ७१ दशमलव ८२ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक पनि ५२ दशमलव चार अंकले घटेर ३२ सय ४५ दशमलव चार अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सूचक पनि एक सय ४२ दशमलव ५४ अंकले घटेर १२ हजार सात सय २४ दशमलव दुई अंकमा झरेको छ । जीवन बीमा समूहको सूचक पनि दुई सय ७७ दशमलव ६५ अंकले घटेर १६ हजार एक सय नौ दशमलव ६२ अंकमा झरेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १२ सय १६ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा पोखरा फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ५९ प्रतिशतले घटेर पाँच सय ५६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता पाँच सय १२ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ७७ लाख ५७ हजार चार सय ३४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया