आइतबार, जेठ ६, २०८१

प्रेम : एक वैज्ञानिक चर्चा

नेपालखोज २०७९ फागुन ५ गते ७:१५
सुनिल सापकोटा

विभिन्न वैज्ञानिक सोधकर्ताहरुको भनाइ अनुसार युवायुवतीहरुलाई धेरै पछि गएर मात्र थाहा हुन्छ कि प्रेम भनेको भावनाको, गणितको, खेल नभएर यो हाम्रो शरीरको (हार्मोन) रसायनशास्त्रको एउटा प्रतिक्रिया हो, प्रभाव हो ।

जब बालबालिकाहरुको आयु बढदै जान्छ, तब तेह्र–चौध बर्षको उमेर पछि उनिहरुको शरीरमा परिवर्तन देखिन थाल्छ । केटा छ भने उसको अनुहारमा जुँगाको रेखी देखिन लाग्छ । स्वर धोक्रो हुन्छ । उसका शरीरका मांसपेशीहरु बढ्न थाल्छन् र उसमा पुरुष तत्वको बोध हुँदै जान्छ । त्यस्तै केटी हो भने उसका स्तनहरु बढदै जान्छ । उसमा मासिक धर्म हुन थाल्छ । परपुरुष सँग लाज लाग्न थाल्छ । अनि किशोरकिशोरी दुवैमा केटाकेटीपना हराउदै जान्छ ।

उनिहरुका शरीरको रासायनिक हार्मोनले जवान भएको कुरा ढकढक्याउन थाल्छ । अनि पुरुष र स्त्री देखादेख हुनासाथ विपरित यौनको आकर्षण हुन थाल्छ । प्रकृतिको आदेश र नियम अनुसार उनिहरुमा यौन सम्पर्कको इच्छा बढदै जान्छ र प्रजनन गर्ने तिर चाहना बढछ । जसको फलस्वरूप यो बेला किशोरकिशोरी दुवैमा प्रेम र रोमान्सको मौसम चलेको हो भन्ने कुरा पुराना बुढापाकाहरुले बुझ्नु पर्छ । यो प्राकृतिक नियम हो । प्रकृतिको यो प्रेमको खेलमा मनुष्यहरु एउटा अभिनय गर्ने काठपुतलीहरु मात्र हुन् । रसायनशास्त्रीहरुको भाषामा मानव शरीरमा रसायनको प्रभावले गर्दा जवान पुरुष र स्त्रीहरुमा प्रेमको भावना तीब्र भएको हो ।

मनोवैज्ञानिकहरुको भनाइ अनुसार शरीरको हार्मोनको कारणले कुनै किशोर र किशोरीहरु भेट भइ एकअर्कामा आकर्षण हुनासाथ पाँच मिनेटमा नै उनिहरुको मनमा प्रेमको उभार आउन सक्छ । उनिहरुको भनाइमा किशोर र किशोरीहरुले एक आर्कोमा भेट हुनासाथ प्रेमको उभार आएको शरीरको हाउभाव ( बडि लैंज्वेज)बाट थाहा पाउछन अरे ।

वास्तवमा भन्न्ने हो भने जब हामी कसै संग आकर्षित हुन्छौं भने तब अवचेतनमा हामी उस्को जीनहरुलाई मन पराइ रहेका हुन्छौं । जब हामी कसै सँग आकर्षित हुन्छौं तब मन भित्रैबाट जिउ ज्यानले आकर्षित भइरहेका हुन्छौं । जसलाइ हामी मन पराउछौं, त्यसको रुप–रंग मात्र होईन, उसको गन्ध पनि हामीलाई मन परिरहेको हुन्छ । वैज्ञानिकहरुको भनाइमा प्रेमको आकर्षण रसाकर्षण हो । जब दुई व्यक्तिको मिलन हुन्छ भने त्यो वास्तवमा त्यो “केमिस्ट्री“ को मिलान हो ।

यो केमिस्ट्रीको भूमिका एस्ट्रोजन, टेस्टोस्टेरान, सेरोटोनिन और डोपामीन रसायनले गरेको हुन्छ । प्रेममा एउटा रसाकर्षणले अर्को रसायनलाई आकर्षित गर्छ । जस्तै यदि कुनै स्त्रीमा “एस्ट्रोजेन“ नामक हार्मोन रसायन धेरै छ भने त्यस्ले “टेस्टोस्टेरान“ रसायन धेरै मात्रामा भएको पुरुषलाई आफूतिर आकर्षित गर्छ । यसबाहेक वैज्ञानिकहरुको भनाइ अनुसार अर्को सुगन्धले पनि प्रेमको आकर्षणमा भूमिका खेलेको हुन्छ अरे । शरीरको यो सुगन्ध “फेरोमोन“ रसायनको देन हो । यस्मा बाबु–आमाको जीनको देन हुन्छ । सन्तानहरुलाई यो सुवास बाबुआमाबाट विरासतमा प्राप्त भएको हुन्छ ।

जो हरेक समय आफ्नो प्रेमको दिवा सपनामा डुबि रहन्छन् भने यस अवस्था त्यस्को शरीरको तीन तन्तुहरुको रसायन सक्रिय भइरहेको हुन्छ । यी तीन रसायन हुन्, ऐड्रिनलीन, डोपामीन र सेरोटोनिन । प्रेमको शुरूवातमा शरीरमा तनाव बढ़छ र रगतमा ऐड्रिनलीन तथा कार्टिसोल हार्मोनोंको मात्रा बढ़छ । त्यो अवस्थामा जब कुनै प्रेमिको अचानक आफ्नो प्रेमिका भेंट हुँदा त्यो पसीनाले भिज्छ । उसको हृदय जोडले ढुकढुक भइ मुख सुक्न थाल्छ ।

दोस्रो डोपामीनले मस्तिष्कमा त्यही असर गर्छ, जो कोकेन या निकोटीनले गर्छ । अर्थात यो रसायनले दिमागमा प्रेमको नशा भरी दिन्छ । प्रेमको अवस्थामा डोपामीनले प्रेमिका प्राप्त गर्ने चाहना बढाउछ र दिलो–दिमाग में एक अचम्मको आनन्दको अनुभूति भरि दिन्छ र भोक –प्यास र निद्रा गायब गरि दिन्छ । अब तेस्रो रसायन सेरोटोनिन । यो रसायनले आनन्दको अनुभूति गराउदै प्रेममा पागल पार्छ । मनमा हरेक बेला प्रेमको विचार प्रकट गराउछ ।

त्यसपछि आसक्तिको अवस्था आउँछ । यही अवस्था आउँदा प्रेमको परिणति पूरा हुन्छ । यहि प्रेम नै त्यो रासायनिक बन्धन हो । जसले मिलन पछि जोड़ेर राख्छ र हामी जन्म जमान्तर सँगै रहने सपना पाल्छौं । प्रेमको यो बन्धनमा मुख्य रूपले आक्सीटोसिन और वैसोप्रेसिन नामक दुइटा रसायनको हात हुन्छ । ती पनि हार्मोन नै हुन । यिनले रासायनिक भाषामा सन्देश पुर्याउछन् । यस्ता अरु पनि धेरै रसायन तथा हार्मोनहरु छन् । जसले प्रेममा ठूलो भूमिका खेल्छन् ।

प्रतिक्रिया