आइतबार, जेठ ६, २०८१

अवैध च्याउ आयातमा रोक लगाउन माग

नेपालखोज २०७८ माघ १२ गते १७:४९

काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालले अवैध च्याउ आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । संघले बुधबार एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय भारतलगाएत विभिन्न देशका बजारहरूबाट लामो समयसम्म नसढ्ने खालका क्यामिकलहरू प्रयोग गरी अवैधरुपमा च्याउ नेपाली बजारमा भित्र्याउन थालेको भन्दै त्यस्ता च्याउन भित्र्याउन नदिन भन्सारमा कडा निगरानी गर्न माग गरिएको छ ।

‘कोरोना कहरका बिचमा नेपाली च्याउलाई विस्थापित गर्ने हेतुले आयात भइरहेको भारतीय अवैध च्याउ विषाक्त छ। च्याउ एक ढुसीजन्य पोषणयुक्त परिकार हो। लामो समयसम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसड्ने क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ। यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भइ सेवन गर्न अयोग्य हुने हुँदा विदेशी च्याउ रोक्न विज्ञप्तिमार्फत सरोकारवाला सबैलाई ध्यानाकर्षण गराउँदछौं – च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया