राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशमा गठबन्धनका अर्याल र सिद्धिकी विजयी

नेपालखोज २०७८ माघ १२ गते २१:१३

काठमाडौं । मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ उर्मिला अर्याल र अन्यतर्फ मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन् ।

अर्याल नेकपा (माओवादी केन्द्र) का र सिद्धिकी जसपाका उम्मेदवार हुन् । सिद्धिकी छ हजार ६७८ मतभारसहित विजयी भएको छ भने अर्यालले छ हजार १५६ मतभार ल्याएर विजयी भएका सहायक निर्वाचन अधिकृत विकास बस्नेतले जानकारी दिए ।

अर्यालका निकटतम प्रतिद्वन्द्वी लोसपाकी उम्मेदवार रुपाकुमारी यादवले तीन हजार २२८ मतभार ल्याउनुभयो भने सिद्धिकीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उसमान अन्सारीले दुई हजार ७६६ मतभार प्राप्त गरे।

मधेस प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका चार हजार ८२४ र प्रदेशसभाका चार हजार ९९२ गरी कूल नौ हजार ८१६ मतभार रहेको छ । मधेस प्रदेशमा ३७२ मतदाता रहेकामा ३६६ मत खसेको थियो ।

प्रतिक्रिया