देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ३ वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका भू-भागमा हुस्सु कुहिरो लागि रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
भने प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेकाे विभागले उल्लेख गरेकाे छ ।
आज राति प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोछ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया