बिहीबार, जेठ ३, २०८१

कुरिराछु है !

नेपालखोज २०७८ माघ १३ गते ११:२०

‘कुरिराछु है ।’ लेखेर हरिश निरौला (कक्रोज)ले फेसबुकमा फोटो पोस्ट गरेपछि आएका रोचक कमैन्टहरू । आज कक्रोजको जन्मदिन पनि हो ।

काक्रोज ब्रो भो नकुर उनलाई डाम्नाले उडाइसक्यो ।
रजनिश पोख्रेल

आउँदै छु म त्यो खोलामा एकछिन पौडी खेल्दै गर्नु न दाइ ।
उमेश ढकाल

ल है केटी हो अफर ।
सन्तोष अधिकारी

म त गुल्मीमा छु है ।
ज्ञवाली विशाल

दाइ जाडो छ के, आफ्नो नि केयर गर है ।
बुद्ध जीसी

जस्ट स्लो मोसनमा आउदै गर्दा भैगोनि त ।
झलक श्रेष्ठ

लल कुर्नु आज त मरीकाटे पेट्रोल पाउदैन रे । अब अर्को साता हो रे ।
शिषिर बिश्वकर्मा

हुने वाला भाउजूलाई भनेको होला मत झुक्किएर कमेन्ट गर्न आइपुगेछु ।
कमल साउँद

पेट्रोल सकिएरै हो त कुरिरहेको ?
शुभद्रा आचार्य

साच्चिकै कुरेकै हो त कि बाइक देखाएको ।
गगन धामी

यो बोका जगल्टेले फेरि कस्लाई फसाउन खोज्यो ।
रेहान खड्का

ए बूढा जाँड खान आउ यता ।
रमेश नेपाली

आज रात परो भोलि आउँछु ल ।
ज्ञवाली विशाल

कुरेर के गर्छौ म त मोरे नी आउन्न ।
नारायण भुषाल

कुरेर बसेर हुन्छ र भन्या कुर्दाकुर्दै अर्काले उडायो भने के होला अनि थाहा हुन्छ ।
मुस्कान मिना

बाइक त मागेकै होला नि हैन ।
भावुकमान गौतम

ल है म पनि आए साङ्लो बोरो ।
शंकरदेब भट्ट

कता आम त ?
हेमन्त भण्डारी

कस्को घोडा हो यो साङ्लो बोरो ?
चन्द्र

कसलाई बलेलाई हो दाजुले कुरेको ?
तिम्रो लाहुरे

तालमा फाल्दिने त होइन नि ?
युनिक दोङ

मलाई कुरिराको होला दाजु ले ।
किङ भुषाल

कुर्नु पर्ने मुग्लिङ्ममा हो अनि सिन्धुली गएर कुरेर हुन्छ त साङ्ग्लो ब्रो ।
राजु भुषाल

कसलाई हो कुरेको जगल्टे ।
बाला साउँद

अब कतिन्जेल कुर्ने ??
सुर्य प्रसाद चालिसे

खोला किनारमा किन कुरेको ? भुतको फेला परिएलानी ।
गणेश गिरी

माया एउटा सङ्ग बिहे अर्को सङ्ग
गर्न त भए न नि!
दिपजंग

म आउदिन के रे नकुर्दा हुन्छ माया ।
मिना भण्डारी

हैन मैले खोलामा लगेर धुन भनेको बाइक त कहाँ गएर बसिराको ?
छिटो धुएर घर आउनु है साँझ सोल्मारि जानु पर्छ ब्रो ।
मनको राजा

अब कुर्नु पर्दैन म फर्की सके है ।
याम पौडेल

No description available.

हस मेकप गर्दैछु हिनिहाले म अब ।
अधिकारी सुमित्रा

कमसेकम कुरिराछु भनेसी ठाँउको नाम पनि भन्दिनुभए हुन्थ्यो नि कक्रोज दाजै ।
प्रेम कुलुङ राई

यो माघ पनि कुरेरै बित्ने भयो उता म्याकुरीले जाडो कटाउँदैछ ।
दानसिह ढुंगाना

दाजु फेरि एक पटक मिस्त्रीलाई फोन गरी हाल्नु हौं अल्ली चाँडै पो आई हाल्छ कि ।
मदन डोटेल

पेट्रोल सिद्विएर पेट्रोलका लागी कुरे जस्तै लाग्यो मलाई ।
प्रिन्सेज राज

तिमी कुर्दै बस यता साइलाले उडाइ सको ।
आदित्य

आफु त्यता रैछ, म यता खोजिरहेको ! सरि है धेरै बेर कुराएकोमा ।
सुशील बस्याल

पाँच मिनेटलाई भनेर लगेको बाइक अझैँ कुरिराछु रे कस्तो ढिलो गर्या भन्या बाइक छिटो फिर्ता गर्नु परो ।
रुद्र न्यौपाने

आउँदै होलिन् एक छिन अलि कुर्दै गर्नु ।
बिरेन्द्र केसी

मलाइ नकुर्नु है । कोरोना पोजेटिभ भा छ ।
पुनम धिताल

प्रतिक्रिया