शनिबार, जेठ ४, २०८२

मेगा क्यापिटलले थाल्यो प्रमोटर सेयर खरिद-बिक्रीको सहजीकरण

नेपालखोज २०७८ माघ १३ गते १३:५५

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, लघुवित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयरहरू खरिद-बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ ।

लगानीकर्ताहरूले प्रमोटर सेयर साधारण सेयर दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका छन् ।

लगानीकर्ताहरूबीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको हो ।

प्रतिक्रिया