बिहीबार, असार १२, २०८२

वैवाहिक बन्धनमा बाँधिइन मौनी रोय (तस्बिरसहित)

नेपालखोज २०७८ माघ १३ गते १६:५३

काठमाडौं । बलिउड अभिनेत्री मौनी रोय वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी छन् ।

दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् ।

टीभी सिरियलकी ‘नागिन’को रुपमा चर्चित मौनी र सुरजको विवाहका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यतिबेला उनिहरुलाई सफल वैवाहिक बन्धनको शुभकामना दिनेको ओइरो लागेको छ ।

मौनीले सन् २००७ मा एकता कपूरको प्रसिद्ध सिरियल ‘क्योंकि सास भी कभी बहू थी’बाट अभिनय सुरु गरेकी थिइन् । उनले सन् २०१८ मा अक्षय कुमारको जोडी बनेर सिनेमा ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी हुन् । मौनीका श्रीमान सुरज एक इन्भेष्टमेन्ट बैंकर हुन्, उनी दुबईमा बस्दै आएका छन् । विवाहका लागि मौनी सोमबार मुम्बईबाट गोवा पुगेकी थिइन् ।

प्रतिक्रिया