अब प्रयांक गर्न नपाइने !

नेपालखोज २०७८ माघ १३ गते १९:३७

काठमाडौं । अब प्रयांक गर्न नपाइने भएको छ । गृह मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै अब सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी (Prank) को नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिकरुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरु गरी गोप्य भिडियो तयार गर्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न आग्रह गरिएको छ ।

साथै मन्त्रालयले सार्वजनिक स्थलहरुमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्ध, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवं व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असरसमेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमति बिना कुनै पनि प्रकारको तस्विर लिन र सामाजिक संजालमा प्रकाशन गर्नेलाई प्रचलित कानुनबमोजिम कारवाही गर्ने पनि चेतावनी दिएको छ ।

प्रतिक्रिया