शनिबार, जेठ ५, २०८१

नेप्से २७ सय ७९ दशमलव ९८ अंकमा, सातामा २८ अर्ब ९८ करोड १२ लाखको कारोबार

नेपालखोज २०७८ माघ १४ गते १३:०१

काठमाडौं । लगानीकर्ताहरूका लागि यो साता नेप्से खासै सुखद देखिएन । नियमित कारोबारका लागि पाँच कार्य दिन नै नेप्से खुला रहे पनि चार कार्यदिन लगातार नेप्से घटेको थियो । अन्तिम कारोबार दिन भने नेप्से झिनो अंकले बढेको थियो । फलस्वरूप यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै गत साताको तुलनामा खुम्चिन पुगेको छ ।

सोही आधारमा यो साता २७ सय ७९ दशमलव ९८ अंकमा अंकमा खुम्चिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १८ दशमलव ७२ अंकमा खुम्चिएको छ । सातामा दुुई सय ३३ कम्पनीको तीन लाख ८५ हजार ५३ पटकको कारोबारमा पाँच करोड ७५ लाख ८६ हजार छ सय ९२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार आठ सय चार रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै कम हो ।

गत साता भने नेप्सेमा दुुई सय २९ वटा कम्पनीको चार लाख ७३ हजार सात सय ७० पटकको कारोबारमा सात करोड ६५ लाख ६० हजार ६ सय २७ कित्ता सेयर खरिद बिक्री भएका थिए । जसबाट उक्त शाखा कुल कारोबार रकम ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार पाँच सय ७९ रुपैयाँ पुुगेको थियो । यो साता सुरुवाती कारोबार दिन १० दशमलव ८३ अंकले घटेर दुुई हजार नौ सय २० दशमलव ५१ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन भने तीन दशमलव ३३ अंकले बढेर दुुई हजार सात सय ७९ दशमलव ९८ अंकमा पुग्न सफल भएको थियो ।

यीबीचमा दिनहरूमा पनि नेप्से लगातार घटेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन शून्य दशमलव शून्य ६ अंंकले बढेर पाँच सय ४३ दशमलव ८० अंकमा चढ्न सफल भएकामा अन्तिम कारोबार दिन शून्य दशमलव ३८ अंंकले बढेर पाँच सय १८ दशमलव ७२ अंकमा पुग्न सफल भएको थियो । यीबीचमा सेन्सिटिभ इन्डेक्स पनि लगातार घटेको थियो ।

बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा यो साता नेपाल बंगलादेश बैंक, नबिल, बैंक, आदि अगाडि परेका छन् । सेयर कारोबार भएको संख्याका आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया