आइतबार, वैशाख १४, २०८२

‘नेपालीको जेनेटिक रोग गुलामी’

नेपालखोज २०७८ माघ १४ गते २०:५४

काठमाडौं । अमेरिकामा रहेका कलाकार तथा पत्रकार शैलेश श्रेष्ठले हिमानी शाहको अमेरिका भ्रमणका सम्बन्धमा टिप्पणी गर्दै लेखे :
हिमानी ट्रष्टको निम्तामा न्युयोर्कको चिसोमा भेला भएका न्युयोर्क आसपासका प्रवासी नेपालीजनले ढाडै दुख्ने गरी झुकेर निहुरेर ‘सरकार’, ‘सर्खार’ भनेको श्रव्यदृश्य हेर्दा मलाई चैं नेपालमा एकदलीय तानाशाही राजतन्त्र भएको समय अनि त्यो बेला हुने गरेका कार्यक्रम र झाँकीहरुको सम्झना आयो। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएपछि मेरो देश नेपालमा एउटै मात्र सरकार ‘नेपाल सरकार’ छ जस्तो लागेको थियो तर अझै अन्य अन्य ‘सरकार’ पनि रहेछन् । हामी पूर्णरुपले स्वाधीन अनि स्वतन्त्र नागरिक हुन त अझै केही समय लाग्छ पो जस्तो छ है घनश्याम काका ।
श्रेष्ठको यो स्टाटसमा थुप्रै प्रतिक्रिया आएका छन् । हेरौं कमेन्ट बक्सबाट छानिएका केही कमेन्ट :

आफैंलाई नचिनिसकेको हामी खोई के-केमा भुलिहिँडेका हौं, हैट् ।
अग्नि साङपाङ राई

दासताको मनोवृत्ति र अर्काको छायामा हुर्केकाहरु बाट कुनै आशा नगर्नुस ।
रमेश गुरुङ

हिमानीको ठाउँमा ओली , शेरबहादुर, प्रचन्ड जो आएको भए पनि ढाड कुप्र्याएर दुबैहात जुम्ला पर्थे । फरक यत्ती हो , सर्खारको सट्टा हजुर आइस्योस गैस्योस हुन्थ्यो । गुलामी गर्न जतिसुकै उन्नत र शभ्य समाजमा बसे पनि नेपालीहरु एकनम्बर छन । यो जेनेटिक रोग हो ।
यश घिमिरे

पराधिनहरुले शैलेशलाई पनि स्वतन्त्र हुन दिएनछन् कि के हो ? उनीहरुले स्वतन्त्रता उपभोग गर्दा चित्त दुखाउनुहुँदैन भनेर सम्झाउदैनन् क्याहो शैलेशका घनश्याम काकाले ?
अनुप सुवेदी

No description available.

हाम्रो एस एस मामाको तर्कशील प्रस्तुतीलाई
किचकिचे पारामा कसैले प्रत्युत्तर नगरे हुन्छ।
फेरि निहुरिनु भनेको झुक्नु होईन….।
प्रकाशचन्द्र परियार

हामी गुलामीका नम्बर-एक हौँ र…??
सायद हाम्री बुहारीलाई खुसी पारेका होलान नि……।
श्याम गिरी

राजा आऊ देश बचाऊ-हाहाहाहा
प्रताप राई

मनमा एउटा प्रश्न चै छ – त्यो डरले त होइन तर लोभ , आशाले हो वा श्रद्धाले नै होला ?
प्रियरञ्जन दाहाल

लम्पसारवाला र अवसरवादी पनि छन् ।
शैलेश श्रेष्ठ

हामी नेपालीहरूको मनोविज्ञान अति जटिल छ। अनुमान गर्न गार्हो ।
विश्वराज अधिकारी

त्यो लेभलको गर्नु आवश्यक छैन । सरको कुरा ठीक हो । तर केही दिन देखि हिमानीको पछि लागिरहनु भएको छ किन होला बुझ्न सकिएन ।
ए.पी. शर्मा

अहिलेका नेता भनौदा घनश्याम काकाहरु कुनै पनि कामका लागि उपयुक्त नभएर अनि, भोलि अवसर पाएमा लिइ हालुम न त भनेर त्यसरी मरिम्यटया हुन कि भन्ने हामिलाई लाई राछ !
शर्मा कोइराला सुनीता

हजुरको विचारमा के गरिदिएको भए सही हुन्थ्यो जस्तो लाग्छ त …?
कृष्ण कृष्ण

ढाडै दुख्नेगरी झुकेर निहुरेर ‘सरकार’, ‘सर्खार’ भनेको श्रब्यदृश्य !
अनिल अधिकारी

उनीहरु झुकेको होईन, गणतन्त्रको रस्वादन गर्न चुकेको हो । हुन पनि गणतन्त्रमा रस नै छैन, के स्वादन गरुन ?
ज्योति के श्रेष्ठ

No description available.

सरकारको अर्थ देशको सरकार मात्र होइन । हिन्दी फिलिममा गाउँका मान्यवर ठाकुरहरुलाई पनि सरकार भनिएको देखेकै होला । तसर्थ कसैले हिमानी जी लाई सरकार भन्नु उसको निजी मान सम्मान संस्कार हो ।
राजेन्द्र थापा

एक छिन त मैले पनि लाईभ हेरेको थिए हाम्रो चिनिएका गन्य मान्य सामाजिक अभियनताहरु मौका पर्दा आफुलाई धाक लगाएर लोकतन्त्रवादी भनेर छाती ठोक्नेहरुको पनि त्याहाको अवस्था र वोली सुन्दा दया लागेर मैले त हेर्न पनि सकिन ! धन्न नेपाली समुदायहरु अमेरिका जस्तो देशमा वसेर पनि अझै केही सिक्न नसकेको ! दास मानसिकतावाट अगाडि वढ्न नसकेको !
सजय थापा

उनीहरु झुकेका हुन् कि गणतन्त्र को अत्याचार ले झुक्न बाद्य गराएको हो ???
सागर खतिवडा

यस्तै पारा अझै केहीदिन सम्म चलिरह्यो भने अमेरीकामा “मोहोर” को Shortage हुन्छ,हुन्छ । लास्टै लोभिपापीहरु को जनमत रैछ अमेरिकामा,कस्तो स्वार्थि दुनिया हो भन्या ? के यिनीहरु अझै राजतन्त्र फर्किन्छ,भन्नेमा नै छन कि के हो ?
विजय बजगाईं

जब भित्रैबाट आउँछ अनि त्यस्तो होला।नुहाऊनलाई सफा पानी नदिए पछि आफूले देखेको कम सफा पानीले नुहाऊन पनि त करै लाग्ला नि…।
वासु शर्मा

No description available.

हजुरको कुरा आफ्नै ठाउँमा उच्च होला। तर राजतन्त्रले के गर्यो र हजुरको त्यति तिक्तता लेख।गणतन्त्र भन्दै सडकमा आयौ तर खोइ गणतन्त्रको स्वाद?राजतन्त्र प्रति राजनीतिकर्मीलाई इगो होला त्यो अलग ठाउमा छ । तर हामी र मेरो उमेरगत साथी संगी त राजा वीरेन्द्र, ज्ञानेन्द्र सबै देख्यौ । कमी कमजोरी त नेपालका राजा भन्दा नेपाली राजनीतिज्ञका धेरै छन त्यो हजुरलाई पनि थाहा छ । कसैलाई सम्मान गर्दैमा सानो भइएला जस्तो लाग्दैन।हिमानी सरकार भनेर नारीको सम्मान गरेको पनि हुनसक्छ हैन र??
सन्तोषराज पौडेल

अहिलेका फेसबुके साथीहरूलाई के थाहा राजतन्त्रमा जनता कति अन्धकारमा राखिएको थियो भन्ने । गणतन्त्रले त्यहि आँखा खोली दिएकोले वोल्न लेख्न पाईरहेका छन । personally himani is not bad but गोरू रामो भएर के गनुे जब मियो नै बलियो छैन भने ।
आनन्द श्रेष्ठ

ए त्यसो भए दाम चडाएर ढाडै दुखाए विचराहरुलाई अझै पनी आशा छ है ।
विमल ज्ञवाली

म त मेरो श्रीमानलाई अनेनरी पद ‘मेरो सरकार’ भनेर बोलाइदिन्छु । स्पेसल्ली रिसाएको बेलामा ।
इन्दिरा कँडेल

No description available.

विदेशी शक्ति केन्द्रका मामुली पद बहाल राजदूतसँग त उत्तिकै निहुरिन्छन् । त्यो त संस्था थियो, लामो समय देशको बागडोर सम्हालेको।
अशोक चालिसे

कम्तिमा राजतन्त्र र सरकार त हिजो थियो तर नेपाल मा कहिल्यै नआएको जनवाद, मार्क्स, माओ र लेनिनवाद का पादरी हरु लाई अन्ध हनुमान हरु ले बातै पिच्छे “कामरेड” कि “कामरेड” भन्दा कस्तो लाग्छ नि? म त तिनको चेतना देख्दा, झन् पश्चिमी मुलुकमा नौटङ्की तरिकाले छिरेर बसेर निम्न स्तरको काम गर्दै ‘कामरेड’ भन्ने शव्द प्रयोग गरेको देख्दा धिक्कार सिवाय अरु कुनै शब्द नै आउन्न ।
भोजराज

No description available.

प्रतिक्रिया