गैँडाको मृत्युमा निर्माण व्यवसायीलाई कारबाही अगाडि बढाइएकोप्रति महासंघको आपत्ति

नेपालखोज २०७८ माघ १४ गते २१:३०

काठमाडौं । सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा गैँडा मरेपछि निर्माण व्यवसायीलाई समेत आरोपित बनाइ गैर-कानुनी रूपमा सम्बन्धित निकायबाट कार्वाही अगाडि बढाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

निर्माण कम्पनी इन्डो-सगुन जेभीबाट उक्त निर्माण कार्यका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियम विपरित हुने कुनै पनि काम कार्वाही नभएको र निर्माण सम्झौता बमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुर अन्र्तगतको उक्त आयोजनाको निर्माण क्षेत्रमा गैँडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरिएको महासंघको भनाइ छ ।

घटनाको छानविन गर्न वन मन्त्रालयद्वारा गठित छानविन समितिमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत संलग्नता हुने गरी निष्पक्ष एवं स्वतन्त्र छानविन समिति गठन गरी घटनाको बिना कुनै पूर्वाग्रह सत्य तथ्य सार्वजनिक गर्न महासंघले विज्ञप्तिमार्फत माग गरेको छ ।

प्रतिक्रिया