शुक्रबार, पुष ११, २०८२

सुन ताेलामा ४ सय रूपैयाँले घट्याे, चाँदीकाे भाउ कति ?

नेपालखोज २०७८ माघ १६ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी शुक्रबार १२ सय ६५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया