उत्तर कोरियाद्वारा २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र परीक्षण
जापान, दक्षिण कोरिया र अमेरिका आक्रोशित

काठमाडौं । उत्तर कोरियाले आज विहमान ध्वनिभन्दा पाँचगुणा बढी वेगको क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । उत्तर कारियाले सन् २०१७ पछि पहिलोपटक आज सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । आज (आइतबार) बिहान ७ बजेर ५२ मिनेट जाँदा उत्तर कोरियाको पूर्वी तटबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।
जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उक्त परीक्षणको निन्दा गरेका छन् । जनवरी महिनामा मात्रै प्योङ्याङले सातौं क्षेप्यास्त्रका परीक्षण गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपतिले यस कदमले उत्तर कोरियाले हतियार संकलनमा वृद्धि गरेको जनाएका छन् । उनले आउने ठूला परीक्षणहरूको सम्भावित संकेतको रुपमा परीक्षणलाई लिएको जनाएका छन् ।
उत्तर कोरियाका नेता किम जङ उनले आफ्नो देशको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने वाचा गरेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ । परीक्षणका लागि कडा प्रतिबन्धहरू लगाएको छ । तर उत्तर कोरिया टसको मस भएको छैन ।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार आइतबार परीक्षण गरिएको क्षेप्यास्त्र मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र (आईआरबीएम) हो । सन् २०१७ को नोभेम्बरपछि परीक्षण गरिएको यो सबैभन्दा ठूलो क्षेप्यास्त्र हो । ध्वनिभन्दा पाँचगुणा बढी वेगको क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी रहेको छ ।
जापानी र दक्षिण कोरियाली अधिकारीहरूले उक्त क्षेप्यास्त्र आकाशमा दुई हजार किलोमिटरको उचाइमा र ३० मिनेट उडेर आठ सय किलोमिटर पर पुगेको बताएका छन् । उक्त क्षेप्यास्त्र जापान सागरमा झरेको थियो । अमेरिकाले उक्त परीक्षणले संयुक्त राष्ट्रसंघको प्रतिबद्धता उल्लंघन गरेको भन्दै उत्तर कोरियालाई उत्तेजनापूर्ण काम नगर्न तथा वार्तामा सहभागी हुन आग्रह गरेको छ ।
प्रतिक्रिया