कोरोनाको कारण प्रतिनिधिसभा बैठक स्थगित (सूचनासहित)

नेपालखोज २०७८ माघ १६ गते १२:१५

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कोरोनाका कारण बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा‍. भरतराज गौतमले जानकारी दिए ।

कोरोनाको संक्रमण यथावत रहेको भन्दै सूचना निकालेर बैठक स्थगित गरिएको हो । बैठक आज १ बजे बस्ने कार्यतालिका थियो । अब बैठक माघ २६ गते बुधबार बस्ने बताइएको छ । सूचनामा भनिएको छ, ‘मिति २०७८ साल माघ १६ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक कोभिड–१९ को सक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा‍. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया