राष्ट्र बैंकद्वारा पुनः १० अर्ब १० करोडको ट्रेजरी आह्वान

नेपालखोज २०७८ माघ १६ गते १६:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने माघ १८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको पाँच हजार रुपैयाँको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ फागुन १७ गते, २०७९ बैशाख २० गते र २०७९ साउन १७ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरीमा पुरानो नविकरण अन्र्तगतको पाँच अर्ब १० करोड रुपैयाँको रहेको छ भने नयाँ पाँच अर्ब रुपैयाँको रहेको छ । यसअघि यही माघ १० गते पनि राष्ट्र बैंकले आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया