राजनीतिक प्रतिशोधका आधारमा प्रश्न गर्दैनौं : यामलाल कँडेल

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सरकारबाट विनियोजित बजेटका विषयमा सरकार प्रष्ट हुनुपर्ने बताएका छन् । उनले मुख्यमन्त्री रोजगार र पूर्वाधार कार्यक्रमको कार्यविधि बदल्ने चलन गलत भएको पनि बताए ।
सरकारको प्रस्तुति हेरेर सदनमा आफूहरुले भूमिका खेल्ने उनले स्पष्ट पारे । उनले राजनीतिक प्रतिशोधका आधारमा प्रश्न नउठाइने बताए । उनले भने, ‘कर्णाली प्रदेशसभाभित्र राजनीतिक प्रतिशोधका आधारमा प्रश्न उठाउँदैनौं । तर अब स्थानीय तह एकदिनपछि खाली नहुने गरि काम गर्न सरकारलाई दबाब दिन्छौं । निर्वाचनमा हारजित स्वभाविक हो, संविधानभन्दा बाहिर गएर स्थानीय तहलाई पदाधिकारी बिहीन बनाउँन पाईंदैन भनेर सकारलाई दबाब दिन्छौं ।’
उनले दुई, तीन लाखका दरले बजेट बाँड्ने काम भएको आरोप लगाए । उनले भने, ‘कहाँ कति बजेट गएको छ त्यो जान्न पाउनु सांसदको अधिकार हो ।’

प्रतिक्रिया