दलितबारे लेखिएको पुस्तक ‘डा.अम्बेडकरको जीवन र दर्शन’ बिमोचन

काठमाडौं । पूर्वसांसद डा.मिठाराम विकद्वारा लिखित ‘डा.अम्बेडकरको जीवन र दर्शन’ पुस्तक बिमोचन गरिएको छ । नेपाली कांग्रेस (वी.पी) केन्द्रीय कार्यसमितिले आज एक कार्यक्रमबीच पुस्तक विमोचन गरेको हो ।
किताबको विमोचन गर्दै नेपाली कांग्रेस (वी.पी)का सभापति तथा पूर्वमन्त्री शुशिलमान शेरचनले जातिय प्रथा अन्त्यको लागि मानिसहरुको सोच परिवर्तन गर्नुपर्ने बताए । उनले भने, ‘समाज परिवर्तनको लागि युवा तथा नयाँ पीढिहरु अगाडि बढ्नुपर्छ । बुढापाकाले गरेर अब केही हुँदैन ।’ शिक्षा अगाडि बढेमा मात्र आयश्रोत बढ्ने उनको भनाई थियो । डा.मिठारामले लेखेको पुस्तकले समाजमा भएका नेता तथा जनताहरुलाई धेरै नै उर्जाशिल बनाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

पुस्तकका लेखक तथा पूर्व सांसद डा.मिठाराम विश्वकर्माले जातिय र धर्मको परिवर्तन गर्न सबैभन्दा पहिला समाजको परिवर्तन हुनुपर्ने बताए । मानसिक परिवर्तन हुँदा मात्र वास्तविक खोजेको जस्तो परिवर्तन सम्भव हुनेमा उनले जोड दिए । समानुपातिक व्यवस्था नै उपयुक्त हुने भन्दै उनले आफ्नो पुस्तकमार्फत राज्य व्यवस्थाको तुलनात्मक अध्ययन गरेको पनि बताए ।
कार्यक्रममा पुस्तक प्रकाशक प्यासिफिक पब्लिकेशनका सञ्चालक ओमप्रकाश शर्माले आफ्नो पब्लिकेशनले हालसम्म धेरै किताब छापे पनि विकद्वारा लिखित ‘डा.अम्बेडकरको जीवन र दर्शन’निकै उत्कृष्ट रहेको बताए । डा. विकको प्रस्ताव राम्रो लागेर पुस्तकको सम्पादन पनि आँफैले गरेको बताए । पुस्तकमा दलित परिवारका डा.अम्बेडकरले दलित भएकै कारण अवसर नपाउने भन्ने कुराको भ्रम चिरेको बताए ।

प्रतिक्रिया