अतिविपन्न सुत्केरी आमालाई सहयोग
नेपालखोज
२०७८ माघ १७ गते ८:३४

सिमकोट । जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिइएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक सस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, र तेल र अण्डा सहयोग गरिएको जानकारी दिए ।
जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई रु तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उनले बताए । मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया