कलासंस्कृतिको संरक्षणका लागि बाजा सहयोग

नेपालखोज २०७८ माघ १७ गते ९:३४

रामपुर । आदिवासी जनजाति समन्वय समिति रामपुरले कलासंस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ ।

समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक÷एक थान मादल र खैजडी चाप, नेवार समूहलाई ढोलक र झ्याली प्रदान गरेको हो । सो अवसरमा समितिका अध्यक्ष ईश्वरी श्रेष्ठले पुख्र्याैली पेसालाई निरन्तरता दिन वाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताए ।

कला संस्कृति जोगाइ राख्नका लागि वडाले वाद्यवादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए । उनले भने, ‘पुराना रीतिरिवाजलाई जोगाउनु हामी सबैको दायित्व हो । वडाले हरेक वर्ष लक्षित वर्ग समूहलाई वजेट विनियोजन गर्दै आएको छ ।’

प्रतिक्रिया