मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बजेट पसलमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकमसँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको छ ।
बजेट पसल डटकमद्वारा केही क्लिकबाटै सजिलै विभिन्न सामाग्री जस्तै खाद्य वस्तु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाइ, सौन्दर्यका सामग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिनेछ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बजेट पसलबाट तीन हजार रुपैयाँभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा पाँच प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ः ९८०१११००२२, कर्जा सेवाका लागि ः ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया