मंगलबार, वैशाख ११, २०८१

लुम्बिनी विकास बैंकले गर्‍याे एकै दिन थप नयाँ ३ शाखाको उद्घाटन

नेपालखोज २०७९ जेठ १२ गते १७:५४

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभन्न ठाउँमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले यही जठ १२ गते अर्थात बिहीबार थप तीनवटा शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८४औं शाखाको रुपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बाणी शाखा, ८५औं शाखाको रुपमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ स्थित लम्की शाखा र ८६ औं शाखाको रुपमा कैलाली जिल्ला गौरीगंगा नगरपालिका वडा नं. ७ स्थित मसुरिया शाखा रहेका छन् ।

बैंकका अनुसार बाणी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमु हेमराज ओझाले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्की चुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईले संयुक्तरुपमा गरेका हुन् ।

साथै मसुरिया शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशब खतिवडा र गौरीगङ्गा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देविदत्त कँडेलले संयुक्तरुपमा गरेका हुन् । देशका सात वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको बैंकले थप तीन वटा नयाँ शाखाहरुको उद्घाटन भएसंगै सुदुरपश्चिम प्रदेशमा समेत बैंकको राम्रो उपस्थिती भएको छ ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया