नेपाल आयल निगम हाँक्न १७ जनाले दिए आवेदन (नामसहित)

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आइतबार साँझ ५ बजेसम्म १७ जनाले आवेदन दिएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ गते विज्ञापन निकालेको थियो । आवेदकमध्ये उक्त क्षेत्रमा काम गरिसकेका व्यक्तिहरू धेरै छन् । आवेदन दिनेमा जीवनप्रकाश सिटौला, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, चण्डिकाप्रसाद भट्ट, हरिवंश आचार्य, विष्णुबाबु मिश्र, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव याद, उमेशप्रसाद थानी, पंकजकुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र सञ्जय कुमार छन् ।
यसपटक पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक डाक्टर लक्ष्मण पौडेल, कांग्रेस नेता उमेशप्रसाद थानी, शिक्षा क्षेत्रका उद्यमी आनन्दप्रसाद चन्दलगायतको बलियो दाबेदारी छ । सुरेन्द्र पौडेलको कार्यकाल सकिएसँगै पुस २३ गतेपछि कार्यकारी निर्देशक पद खाली छ ।


प्रतिक्रिया