स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब

नेपालखोज २०७८ माघ १७ गते १९:३१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दवाव दिएकी छन् ।

आज नेकपा (एमाले)को केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताए ।

उनले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने पनि बताए । सचिव अर्यालले एमसीसीको विषयमा सरकारले छलफल अगाडी बढाउन खोजेको भएपनि संसदमा दर्ता हुने/नहुने एकिन नभएको बताए । एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताए ।

पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रिय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिए ।

प्रतिक्रिया