मंगलबार, वैशाख १६, २०८२

आईएमई लाइफ इन्स्योरेन्सको मास्कट सार्वजनिक

नेपालखोज २०७८ माघ १७ गते १९:५१

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाईक पुगेको छ । कम्पनीका अनुसार उक्त सबै लाईक आफ्ना कर्मचारी, अभिकर्ता, ग्राहक तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अग्र्यानिक लाईक मात्र रहेको बताएको हो ।

लाईकका लागि छुट्टै बिज्ञापन नगरिएको कम्पनीे स्पष्ट पारेको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आई. एम. ई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेकाछन । अबको युग डिजिटल प्रविधि उन्मुख रहेकाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्पmत गर्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसै अनुसारको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको फुयाँलले बताए ।

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक तथा अन्य सर्वसाधारणहरुसँग आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनको प्रतिनिधि भएर सम्वाद गर्ने कम्पनीद्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया