खोप कार्ड अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर

नेपालखोज २०७८ माघ १८ गते १२:२१

काठमाडौं । सरकारले खोप कार्ड अनिवार्य गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले रिट दर्ता गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेको जनाइएको छ ।

खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित, सार्वजनिक स्थल तथा विभिन्न कार्यालय प्रवेश गर्न रोक लगाउने सरकारी निर्णय गैरकानुनी रहेको रिट निवेदनमा जिकिर गरिएको छ ।

प्रतिक्रिया