घलेम्दी नाफा बढ्यो, वित्तीय अवस्था कस्तो ?

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफा बढेको छ ।
समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख सात हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको अवधिमा कम्पनीको खुद मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋण थियो । कम्पनीले इन्स्योरेन्स बापतको एक करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि नाफामा गएको हो ।
यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर एक करोड ६४ लाख ८४ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर एक करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रुपैयाँ छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँ २८ पैसा पुगेको छ ।
प्रतिक्रिया