के माओ नेपाललाई चीनमै गाभ्न चाहन्थे ?

नेपालखोज २०७८ माघ १८ गते १६:४१

पुराना पत्रकार खिलध्वज थापा लेख्छन्-
‘यति लामो युद्धपछि हामीले तिब्बत र नेपालबाहेक चीनका सबै मुख्य भूमिलाई मुक्त गर्यौं ।” – कुनै बेला चिनियाँ नेता माओ त्से तुङले यसो पनि लेखेका रहेछन् ।

माओको बहुचर्चित पुस्तक ‘अन प्रोटेक्टेड वार’ (On protected war) मा यस्तो पनि लेखेको पाइयो । उनले नेपाललाई पनि तिब्बत जस्तै चीनको मुख्य भूमि मान्दा रहेछन् । यो पुस्तक उनले तिब्बतलाई चिनियाँ मुख्य भूमिमा गाभ्नुअघि लेखेका रहेछन् ।
नेपालका कम्युनिस्ट, खास गरेर माओवादीहरुले यो पुस्तक नपढेको भन्ने मान्न सकिन्न ।

थापाको स्टाटसमा उल्लेख भएको तथ्यअनुसार चीनका महान् नेता माओ त्से तुङले कुनै समय नेपाललाई चीनको मुख्य भूभागमा गाभ्ने मनसाय राखेका थिए । यथार्थ जेसुकै भए पनि यो कुराले नेपालीहरुमा तरंग ल्याउनु स्वभाविक हो । हेरौं यो विवादास्पद विषयमा आएका केही प्रतिक्रिया :

ओझेलमा पारिएको नयाँ कुरा पो आयो त.. ।
सुब्बा हर्ष

मैले नेपालको हिमाल चिनेको छु। अझ बढी स्वाभिमानी नेपालीलाई बुझेको छु । – माओ । ग्रिष्मबहादुर देवकोटाको राजनीतिक दर्पणमा यस्तो लेखेको पनि हेरेको ।
जीएस बुढाथोकी

ग्रिष्मबहादुर देवकोटाले अत्यन्त पूर्वाग्राही भएर लेख्नुभएको भन्ने पनि सुनेको थिएँ । यो कुरा निकट बातदेखि जान्ने र बुझी जान्नेको मुखै बात मैले सुनेको छु ।
हिमाल पुन

कम्युनिस्टहरूको दोहरो चरित्र ।
सीताराम अग्रहरि

सानो माछा ठूल‍ा माछाको आहारा हुँदो रहेछ,खानेचाहिँ चाहे रातो होस्,चाहे कालो ।
श्याम अधिकारी

कृपया यस्तो खबर मिडियामा छरपस्ट नगरे राम्रो हुने थियो कि ? किनकि हाम्रा तथाकथित राष्ट्रवादी विद्‌वान्, शासक, समालोचक, राजनीतिका धुरन्धर ज्ञाता अझ त्योभन्दा पनि बढी महान् क्रान्तिकारीहरुलाई भित्र-भित्रै मुटुमा च्वास्स घोच्ला फेरि ।
पुन

चिनियाँ ऋणको भारले गाभ्ला जस्तो छ ।
मिगेन थापा मगर

हैट, खनी-खोसरी खाँदा आनन्द रहेछ । जति खोतल्यो त्यतै पहिरो !!! सबैको ज्ञान सीप बुद्धि विवेकले सकारात्मक परिवर्तन ल्याओस् !!!
पर्वत राना

इतिहास अध्ययनको विषय रहिरहन्छ !
जीएस बुढाथोकी

भेरी इन्टेस्टिङ
नरेन्द्र अर्याल

‘five fingers of china’ ..Nepal ..sikkim ..Bhutan..ladakh.
युवराज गौतम

नेपाल र तिब्बतको नाम नै उल्लेख गरिएको छ ।
यो पुस्तकको मूल्य कति छ ? पछिल्ला संस्करणहरुमा धेरै संशोधन गरिएको पनि बताइन्छ ।
खिलध्वज

यो पुस्तक अलाइनमा पीडीएफ पाइन्छ ।
केदार वशिष्ठ

प्रतिक्रिया