शुक्रबार, असार १३, २०८२

चौबीस घण्टामा ८,२६७ जना डिस्चार्ज, ५,५८३ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ माघ १८ गते १७:००

काठमाडौं । नेपालमा पछिल्लो समय संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या बढेको छ । गत चौबीस घण्टामा देशभरबाट थप ८ हजार २६७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९१ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ र ६ हजार ८५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९२६ जना गरि कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा ७४ हजार ६५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया