फेरि बढ्यो इन्धनको भाउ, ग्यासको यथावत्

नेपालखोज २०७८ माघ १८ गते २०:४८

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगमले एक विज्ञप्ती जारी गर्दै आजराति १२ बजेदेखि लागू हुने गरि पेट्रोल/ डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले बढाएको छ । अब नयाँ खुद्रा विक्री मूल्य क्रमशः पेट्रोल/ डिजेल र मट्टितेलको १४२, १२५ कायम गरिएको छ ।
साथै आन्तिरिक हवाई इन्धनमा प्रति लिटर अमेरिकी डलर १० रुपैयाँले वृद्धि गरि विक्री मूल्य प्रति लिटर ११६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर १ सयले वृद्धि गरि प्रति किलो लिटर विक्री मूल्य अमेरिकी डलर १ हजार ९५ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर ८१ रुपैयाँ ६२ पैसा घटेर आए पनि अझै निगमलाई प्रति सिलिण्डर ५६ रुपैयाँ ९ पैसा घाटा हुँदा समेत विक्री मूल्य नबढाई हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

यो समायोजनले पनि निगमलाई १५ दिनमा करिब २ अर्व २३ करोड घाटा हुने जनाएको छ । पेट्रोलिय पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राख्न यसरी पेट्रोलिय पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम सानो अंश मूल्य समायोजन गरेपछि पनि प्रति महिना निगमले ४.५ अर्र्वदेखि ५ अर्वसम्म ऋण लिनु पर्ने बाध्यात्मक अवस्था सृजना भएको निगमले जनाएको छ ।

प्रतिक्रिया